निर्देशक यूगलद्वारा निर्देशित भिडियो ‘सिँगौरी’ भाईरल बन्दैं [ भिडियो सहित ]

काठमाण्डौं, १९ वैशाख । धरान अनाम नाट्य जमातवाट आफ्नो कलाकारीता यात्रा सुरुवात गरेका यूगल पोमो अन्तत चर्चित निर्देशक सावित भएका छन् । उनले केहि समय अघि मात्र निर्देशन गरेका पुर्वेली संस्कार-संस्कृति, त्यहाँको रहन सहन र माटोमा आधारित एक भिडियो ‘सिँगौरी’ एकाएक भाईरल बन्दैं गइरहेको छ ।

भिडियोमा गायक खगेन्द्र याक्सो, बिमला राई र अर्जुन राईले संयुक्त रुपमा स्वर दिएका छन् । संगित क्षेत्रमा अत्याधिक निखारिएका संगितकार शशि गुरुङका साथ खगेन्द्र याक्सोले संगित भरेका छन् भने कलाकार एलिसा राई, श्याम राई, योगेन्द्र राई, दिनेश गरुङ र अनुपले अभिनय गरेका छन् । त्यसै गरि छाँयाङकनमा अर्जुन तिवारी, सम्पादनमा निशान घिमिरे, श्रृगारमा नन्द अधिकारी, र कोरियाग्राफीमा तेन्जु योन्जन र यूगल पोमो सहितले आ-आफ्नो भुमिका निर्बाह गरेका छन् ।

अहिले सम्ममा करिव दुई सयको हाराहारिमा भिडियो निर्देशन गरिसकेको र निकट भबिष्यमा पनि निर्देशन कार्यलाई निरन्तरता दिने निर्देशक पोमोले अरुण पोष्ट डट कमलाई बताएका छन् । निकै नै उत्कृष्ट रुपमा बनेको यो भिडियो युट्युवमा समेत उपलव्ध छ ।

-भिडियो


प्रतिक्रिया दिनुहोस्