डिजेल,मट्टितेल र पेट्रोलियम पदार्थको मुल्य बढयो

काठमाडौँ, /  नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यवृद्वि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा दुई र डिजेल र मट्टितेलमा तीन÷तीन रुपैयाँ मूल्य वृद्वि गरेको हो ।

मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर रु १०८ हुनेछ भने डिजेल र मट्टितेल प्रतिलिटर रु ९० पुगेको छ । खाना पकाउने ग्यासको भाउ भने यथावत रहेको निगमले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्