विद्यार्थी संगठनले डिन कार्यालयमा लगाएको तालाबन्दी फिर्ता

काठमाडौं / नेपाल ल क्याम्पसको डिन कार्यालयमा विद्यार्थी संगठनले चरणबद्ध रुपमा गर्दै आएको तालाबन्दी फिर्ता भएको छ । क्याम्पस प्रसासन डिन कार्यालय र बिभिन्न क्रियासिल बिद्यार्थी संगठनहरु बिच क्याम्पसमा बिद्यार्थी भर्ना एल. एल. बि. तर्फको कार्यक्रममा ८०० बिद्र्यार्थी कोटा निर्धारण गर्ने लगायत बिबिध बिषयमा सहमति जुटेपछि ताला खोलिएको अखिल क्रान्तिकारीका नेता जिवन बस्नेतले जानकारी दिएका छन ।

सहमतिमा आगामी दिनहरुमा बिद्यार्थीहरुको हकहित र गुणस्तरिय शिक्षा र सार्वजानिक सवालहरुमा संयुक्त सहकार्य गर्ने,शिक्षक कर्मचारी तथा बिद्र्यार्थीहरुको हाजीरीलाई ब्याबस्थित गर्ने,एल. एल. बि. तहमा भर्ना लिंदा निर्धारण गरिएको बिर्धार्थी सख्या भित्र २० प्रतिशत समाबेसी संख्यालाई समाबेस गरि लागु गरिने,एल. एल. बि.  तहका बिधार्थीहरुको लागि पठन पाठन गर्ने सहजता र आवस्यकतालाई सम्बोधन हुने गरि बिद्यमानमा भएको लाइब्रेरीको क्षमता र स्तर उन्नती गर्ने लगायतका महत्वपुर्ण सहमतिहरु भएका छन ,,।

डिन कार्यालयले कानूनमा स्नातक तह प्रथम वर्षमा भर्ना गर्नका लागि विद्यार्थीको कोटा प्रणाली लागू गरेपछि एकपछि अर्को विद्यार्थी संगठनले तालाबन्दी गरेपछि भर्ना प्रभावित हुदैं आएको थियो। पहिलो अनेरास्ववियुले कोटा संख्या बढाउनुपर्ने माग गर्दै ताला लगाएपछि ४० दिनपछि सहमतिपश्चात् ताला खोलिएको थियो त्यो ताला खोलेको १० दिन नबित्दै फेरि नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीले वैशाख १० गतेदेखि पुनः ताला लगाएका थिए ।
अनेरास्ववियुसँग ६०० कोटा विद्यार्थी भर्ना गर्ने सहमति भएको थियो ।संघ र क्रान्तिकारीले ५०० जना भर्ना गर्नुपर्ने वा पहिलेकै अवस्थामा विद्यार्थीको कोटा संख्या नतोकिकन भर्ना लिनुपर्ने भन्दै ताला लगाएका थिए ।


प्रतिक्रिया दिनुहोस्