मंगल ग्रहको मुटु अध्ययन गर्दै नासा

काठमाडौं / अमेरिकी अन्तरीक्ष संस्था नासाले मंगल ग्रहको मुटुको अध्ययन गर्ने पूरा तयारी गरेको छ । यदि यो मिसन सफल भएमा यो रातो ग्रहसँग जोडिएका धेरै राजहरु खुल्नेछन् । मंगल ग्रहको भित्री संरचनाको अध्ययनका लागि नासाको यो मिसनले यही हप्ता उडान भर्नेछ ।

मे ५ तारेख स्थानीय समयअनुसार ७ बजेर ५ मिनेट जाँदा क्यालिफोर्नियाको वान्डेनवर्ग एयरफोर्स बेसस्थित अन्तरीक्ष प्रक्षेपण केन्द्रबाट युनाइटेड लन्च अलाइन्स एटलस पाँच रकेटबाट छाडिनेछ ।

यसले मंगल ग्रहको भित्री संरचनाको गहन रुपमा अध्ययन गर्नेछ । मंगल ग्रहको भित्री संरचना अर्थात् मुटुको अध्ययनबाट पृथ्वी तथा चन्द्रमा समेतका सबै चट्टानी ग्रहको उत्पत्ति कसरी भयो भन्ने बारेमा पनि थप जानकारी प्राप्त हुने विश्वास गरिएको छ ।

– एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्