ट्रम्पको नांगो मूर्ति २८ हजार डलरमा बिक्यो

काठमाडौं, / अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको नांगो मूर्ति २८ हजार डलरमा बिकेको छ । मूर्ति लिलाम बढाबढमा बिक्री गरिएको हो ।

भ्यात्त निस्केको भुँडी र अर्कालाई उडाउने खालको हाँसोसहितको नग्न ट्रम्पमूर्तिलाई भूताहा संग्रहालयमा राखिनेछ । भूत अन्वेषकले लिलामीमा यो मूर्ति किनेका हुन् ।
लस एन्जेलसमा भएको लिलाम बढाबढमा बुधवार यो मूर्ति बिकेको हो ।

एजेन्सी


प्रतिक्रिया दिनुहोस्