ग्यारेजमा थन्क्याइएका गाडी नचलाए रुट प्रमिट खारेज गर्न वाइसीएलको माग – प्रेस वक्तव्य सहित

काठमाण्डौं / माओवादीको यूवा संगठन वाइसीएल नेपालले यातायात व्यावसायि नै यातायात बन्दमा उत्रिएको घटनाप्रति आफ्नो संगठनको ध्यानाकर्षण भएको जनाएको छ । सो  संगठनले ग्यारेजमा थन्क्याइएका गाडीहरु संचालनमा ल्याउन र नमाने तिनका रुट प्रमिटहरु खारेज गर्न  समेत सरकारसँग माग गरेको छ । आज एक प्रेस वक्तव्य जारी गर्दै तिब्र विकास र सम्बृदिको सपनासहित अघि बढीरहेको मुलुकका लागी कुनैपनि प्रकारको बन्द तथा हड्ताल स्विकार्य नहुने बताएको छ।

फाइल तस्विर

यातायात क्षेत्रमा देखिएको सेवा समितिहरुको सिण्डीकेटका विरुद्ध सरकारले चालेको कदमका विरुद्ध आयोजित यातायात बन्दका विरुद्ध सबै किसिमका सवारी संचालन गरेर यात्रामा सहयोग गर्न सवारी चालक तथा धनिहरुलाई संगठनले अपिल समेत गरेको छ ।
संगठनले आफुसँग भएका सवारी साधनहरु निजी मोटरसाईकल र कार, ढुवानीमा प्रयोग हुने साधनहरु परिचालिन गरि सार्वजनिक सेवा दिन समेत आपनो मातहतका समितिहरुलाई निर्देशन गरेको छ। आफुअनुकुल स्थानमा ‘लिफ्ट’ दिई सहयोग पुर्याउनुहुन आम निजी सवारी धनिहरुलाई समेत संगठन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्