एकतामा ढिलाई गरे मुलुक अराजकताको भुमरीमा फस्ने खतरा:अध्यक्ष प्रचण्ड

काठमाडौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ठ एकतामा ढिलाई गरे मुलुक अराजकताको भुमरीमा पर्ने खतरा रहेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्लमाक्सको जन्म द्धिसतवार्षिकी समारोहलाई सम्बोधन गर्दे मुलुक, जनता र इतिहासको नयाँ आवश्यकतालाई आत्मसाथ गर्न नसक्ने हो भने प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताएका छन् ।

फाइल तस्विर

 

 

 

एकता नभए मुलुक फेरी ७ बर्ष पछाडी धकेलिने र अराजकताको भुमरीमा फस्ने उनको तर्क छ । एक जना विद्धानले केही समय पछि नेपालको अस्तित्व नै खतरामा पर्न सक्ने बताएको उल्लेख गर्दे उनले मुलुकको रक्षा गर्दे आर्दश र स्वर्णीम समाजको परिकल्पनालाई साकार पार्न सबै नेताले क्रमभंगतालाई स्वीकार्नुपर्नेमा जोड दिएका छन ।

उनले भने, ‘निरन्तरतामा क्रमभंगता नगरेसम्म मुलुकको समृद्धि हासिल हुन नसक्ने भन्दै उनले आग्रह र पूर्वाग्रहबाट माथि उठेर एक पटक श्रमजीवी वर्गका लागि समर्पित हुने संकल्प गर्न सबैलाई आव्हान गरेका छन ।

पछिल्लो समय कार्लमाक्र्सको विचार, सिद्धान्त र आर्दशप्रति अनास्था र बुर्जुवा स्वार्थ प्रति आकर्षण बढ्दै गएकोमा उनले चिन्ता समेत व्यक्त गरे । नेपालमा मात्रै नभई विश्वभर नै कार्लमाक्सको विचार, सिद्धान्त र आर्दश स्खलन हुदै उपभोक्तावादी, व्यक्तिवादी चिन्तनको विसंगतिले टाउँको उठाउदै गएको अध्यक्ष प्रचण्डले बताएका छन।


प्रतिक्रिया दिनुहोस्