किन गरिन त मेयरले आत्महत्याको प्रयास,?

काठमाडौं / बिहीबार अपरान्ह चार बजे पोखराको फेवातालमा स्याङ्जा पुतलीबजार नगरपालिकाकी मेयर सीमाकुमारी क्षेत्रीले आत्महत्याको प्रयास गरेकी छिन् ।,उपमेयर क्षेत्रीले आफू चढ्ने गाडी फेवाताल किनारमा राखेर फेवा तालमा हाम फालेको प्रहरीले जनाएको छ । फेवा तालमा हाम फालेकी उपमेयर क्षेत्रीलाई नजिकै रहेका एक व्यक्तिले बचाएका थिए ।

क्षेत्रीले स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर विजयी हासिल गरेकी थिइन् । सो घटनाप्रति एमाले स्याङजाले चिन्ता जनाएको छ । उपमेयर क्षेत्रीले डिप्रेसनको उपचार गराउँदै आएको आफन्तले जनाएका छन् । दुई हप्ता अगाडि उनले काठमाडौंमा डिप्रेसनको उपचार गराएकी थिइन् । स्रोतका अनुसार उपमेयर क्षेत्रीले डिप्रेसनको औषधि सेवन गर्दै आएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले उपमेयर क्षेत्रीले फेवा तालमा हामफालेका विषयमा अनुसन्धान सुरु गरिएको जनाएको छ । कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्