प्रचण्डले भने – उपेन्द्र यादव पनि आएपछि कम्युनिस्ट सरकारलाई दुईतिहाई बहुमत

११ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय समाजवादी फोरम सरकारमा सामेल भई पहिलो पटक कम्युनिष्ट नेतृत्वको सरकार दुईतिहाई बहुमतको बन्न लागेको दावी गरेका छन् ।

उनले उपेन्द्र यादव नेतृत्वको पार्टी पनि सरकारमा सहभागी भई पहिलो पटक नेपालमा वामपन्थीको नेतृत्वमा दुई तिहाई बहुमत सहितको सरकार बन्न लागेको बताएका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले एमालेसँगको पार्टी एकता गर्ने निर्णय जनयुद्ध सुरु गर्नुभन्दा पनि ठूलो उपलब्धि भएको दावीसमेत गरे ।

प्रचण्डले दुई पार्टीबीचको एकताबाट आम जनतामा खुसीयाली छाउनु ठूलो उपलब्धी भएको तर्क गरे । उनले वामपन्थी एकताबाट दक्षिणपन्थी शक्तिहरु आतंकित भएको भन्दै सचेत रहन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा नयाँ शक्ति पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य जनक शाहलाई अध्यक्ष प्रचण्डले पार्टीका प्रवेश गराए । शाह डा। बाबुराम भट्टराई अर्थमन्त्री हुँदा बजेट निर्माण कार्यदलमासमेत थिए ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961