अखिल नेपाल फुटबल संघ निर्वाचनमा ७६ मत खस्यो

काठमाडौं /  ललितपुरस्थित हेरिटेज गार्डेनमा भएको १६ औं निर्वाचनमा अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय कार्यसमिति चयनमा कञ्चनपुरको प्रतिनिधि मत बाहेक कुल ७७ मध्ये ७६ मत खसेको छ ।

मताधिकार समेत प्राप्त कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दले शुक्रबार आफुले निर्वाचन विधान विपरित रहेको भन्दै अदालतमा मुद्धा हालेका कारण निर्वाचनमा सहभागिता नजाउने बताएका थिए । त्यसैले उनी शनिबारको मतदानमा उपस्थित भएनन् । निर्वाचनको मतगणना केही बेरमा हुने एन्फा निर्वाचन समितिले जनाएको छ ।

चार वर्षे कार्यकालका लागि एन्फा अध्यक्षका लागि कर्माछिरिङ शेर्पा र मणि कुवँर चुनावी मैदानमा थिए । तर, एन्फा निर्वाचन विधान विपरित रहेको भन्दै निर्वाचनमा भाग नलिने बताएका थिए । ४ उपाध्यक्ष पदका लागि ९ जना मैदानमा रहेका छन् ।

यस्तै ११ सदस्यको लागि २९ जना चुनावी मैदानमा छन् । एक महिला सदस्यको रुपमा पेमा लामा निर्विरोध निर्वाचित भैसकेकी छिन् ।त्यसअघि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले साधारण सभाको उद्घाटन गरेका थिए । श्रोत-हाम्रो खेलकुद


प्रतिक्रिया दिनुहोस्