विश्वभक्त दुलालको नेतृत्वमा नयाँ कम्युनिष्ट पार्टी गठन

काठमाडौँ, २२ वैशाख/ नेकपा (माओवादी केन्द्र) परित्याग गरेका विश्वभक्त दुलालको नेतृत्वमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको ५१ सदस्यीय समिति गठन गरिएको छ ।

फाइल तस्विर

दुलालले आज जारी गर्नुभएको विज्ञप्तिमा सबै प्रकारको शोषण, उत्पीडन र पर्यावरण विनासका विरुद्धमा वर्गसंघर्षलाई नयाँ धरातलमा उठाउने संकल्पसहित नयाँ वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल निर्माण गर्न लागिएको जानकारी दिइएको छ ।

आज सार्वजनिक गरिएको विज्ञप्तिअनुसार वैचारिक राजनीतिक तथा सांगठनिक अभियान समितिमा रमेश सुनुवार, धु्रव पराजुली, विदुर खरेल, धनकुमारी सुनार, नवीन रिमाल, बलराम तिमल्सिना, बन्धुविक्रम क्षेत्री, राजेश्वरी सुवेदी, जागृत रायमाझीलगायत ५१ जना रहनुभएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताको प्रक्रिया अगाडि बढेपछि असन्तुष्टि व्यक्त गर्दै दुलालले माओवादी केन्द्र छाड्नुभएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्