एल क्लासिको – रियल र बार्सिलोनाको भिरन्त

बार्सिलोना / अन्तिम सिजनको एल क्लासिकोमा आज रियल म्याड्रिडले बार्सिलोनाको घरेलु मैदानमा समना गर्दै छ । यो सिजन अपराजित बार्सिलोनालाई पराजित गर्ने पहिलो टोली बन्ने अवसर रियलले पाएको छ। दुई टोलीबीचको लामो इतिहासका कारण दुवै टोलीले जितका लागि प्रयासमा छन।

फाइल तस्बिर

बार्सिलोना ला लिगाको उपाधि कब्जा गरिसकेको छ,ला लिगाको इतिहासमा पहिलो पटक कुनै पनि खेलमा अपराजित रहँदै लिग अन्त्य गर्ने प्रयासमा छ। ला लिगा अन्तर्गत रियलले बार्सिलोनालाई पछिल्लो ३ खेलमा पराजित गरेको छैन । बार्सिलोनाले ला लिगाको अघिल्लो खेलमा रियलकै घरेलु मैदानमा जित हासिल गरेको थियो । तर यस खेलको नतिजामा बाधक रियल म्याड्रिड हुन सक्छ। रियल त्यसको बदला लिने प्रयासमा रहनेछ।

बार्सिलोनाका इनियेस्टाको यो अन्तिम एल क्लासिको हो। इनियेस्टाले रियल विरुद्ध बार्सिलोनाको जर्सीमा अन्तिम पटक खेल्दै छन् सिजनको अन्त्यमा बार्सिलोनासँगको लामो सहकार्य अन्त्य हुनेछ । रियलका लागि भने ड्यानि कार्भाहलले यो खेल गुमाउने पक्का छ। च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बायर्न म्युनिखविरुद्ध चोट बोकेका उनी त्यसयता फिट भएका छैनन् । त्यस्तै इसको र राफेल भरान पनि खेल्न नसक्ने सम्भावना छ ।

खेल नेपाली समयानुसार आज राती १२:३० बजे सुरु हुनेछ । ला लिगा अन्तर्गत रियलले बार्सिलोनालाई पछिल्लो ३ खेलमा पराजित गरेको छैन। तर इतिहास हेर्नेहो भने २ सय ३६ भेटमा रियलले ९६ र बार्सिलोनाले ९२ खेल जितेको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्