शरणर्थी रोहिंग्याहरूमाथि छाउँदैछ पुःन अर्को संकट

काठमाडौं / नब्बे हजार संख्याको हाराहरीमा रोहिंग्या मुसलमानहरू बसोबार गरिरहेका बंगलादेशको दक्षिणी भागमा शरण लिइरहेका रोहिंग्या मुसलमानहरूको गाँउमा पुनः छिट्टै आउन लागेको मनसूनको बर्खा र तुफानी हावाले समस्या उत्पन्न गर्न सक्ने देखिएको छ । शरणर्थी रोहिंग्या मुसलमानहरु अहिले बाँसका कप्टेराले बनेका घरमा बसोबास गरिरहेका छन् ।

                                                                फाइल तस्विर ।

अघिल्लो वर्ष शुरु भएको संकटका कारण बर्माबाट भागेर बंगलादेशमा आइपुगेका रोहिंग्या शरणार्थीको संख्या ठूलो छ । संयुक्त राष्ट्रसंघले म्यान्मारको रखाइन प्रान्तबाट सात लाख रोहिंग्या मुसलमानहरू ज्यान बचाउनका लागि भागेर बंगलादेश आइपुगेको अनुमान गरेको छ । म्यान्मार सेनाको क्रूर कारवाहीपछि रोहिंग्या मुसलमानहरू पलायन भएका छन् ।

तर रोहिंग्या उग्रवादीहरूले प्रहरी चौकीमा आक्रमण गरेपछि सेनाले प्रतिकारवाही गरेको बताएको छ । रोहिंग्या मुसलमानहरूका सयौं गाउँ जलाइएको थियो र ठूलो संख्यामा बलात्कार र हत्याहरू भएका थिए । संयुक्त राष्ट्रसंघको मानवअधिकार एजेन्सी युएनएचसीआरले भने, ‘रोहिंग्या मुसलमानविरुद्ध म्यान्मारको कारवाही नरसंहार जस्तै हो र यसलाई खारेज गर्न सकिँदैन ।’

बंगलादेश संसारको त्यस्तो देशमा पर्छ जहाँ खतरनाक तूफान आइरहन्छन् अनि मनसूनमा घनघोर वर्षा हुन्छ । कक्सेस बजार बंगलादेशको त्यस्तो इलाका हो जहाँ सबभन्दा धेरै बर्खा हुन्छ र रोहिंग्या मुसलमान शरणार्थीहरूको धेरैजसो शिविर यहीँ छ । बंगलादेशमा मे महिनामा मनसून शुरु हुन्छ । यो मनसूनले शरणार्थी शिविरमा रोग र बर्बादी ल्याउने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघले यी शिविरको अवस्था सुधार्नका लागि बंगलादेश सरकारलाई आह्वान गरेको छ ।

बीबीसी हिन्दीबाट


प्रतिक्रिया दिनुहोस्