चितवनमा युवकमाथि एसिड प्रहार गर्ने एक जना पक्राउ

चितवन,२४ वैशाख । चितवनमा यूवकमाथि एसिड प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेका छन् ।चितवनको भरतपुर महानगरपालिका २ बस्ने सुजितकुमार विश्वकर्माले सोही ठाउँ बस्ने ३५ वर्षीय वीरमान महर्जनलाई एसिड प्रहार गरी गम्भी घाइते बनाएका थिए ।

गएराति सुतिरहेका महर्जनमाथि विश्वकर्माले एसिड हानेका हुन् । घाइते महर्जनको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्