सयपत्री ज्वेलर्स दरबारमार्ग नयाँ शाखा

काठमाडौँ / नेपालको पुरानो गहना पसल तथा शोरुम मेरीगोल्ड (सयपत्री) ज्वेलर्सले दरबारमार्गमा नयाँ शाखा वितार गरेको छ ।

नयाँ शाखाको बलिउडकी अभिनेत्री करिष्मा कपुरले आज उद्घाटन गर्नुभयो । नयाँ शाखा उद्घाटनको अवसर पारेर ज्वेलर्सकी सञ्चालिका ज्योत्सना श्रेष्ठले कम्पनीले उच्च गुणस्तरका गहना बिक्री गरिरहेको र आगामी दिनमा नेपाली परम्परागत गहनालाई विश्व बजारमा लैजाने योजना रहेको बताउनुभयो ।

मेरीगोल्डले हाल दरबारमार्गमा खुलेको नयाँ शाखासँगै नयाँ सडकको शोरुमबाट पनि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । रासस


प्रतिक्रिया दिनुहोस्