रूवान्डामा भारी बर्षाका कारण दश जनाको मृत्यु

किंगाली / अत्याधिक बर्षाका कारण रुवान्डामा आइतबार कम्तीमा दश जनाको मृत्यु भएको छ । देशभरका विभिन्न ठाँउमा भएको बर्षाको सवैभन्दा बढी प्रभाव कारोङगी जिल्लामा परेको स्थानीय नेताहरूले सोमबार जानकारी दिएका छन् ।

स्थानीय समयअनुसार आइतबार बेलुका आठ बजेदेखि सुरु भएको भारी बर्षा सोमबार राति २ बजे सम्म भइरहेको थियो । ठूलो बर्षापछि बाढी पहिरो आएको र त्यसैले मानवीय क्षति भएको स्थानीय एक सरकारी अधिकारीले सञ्चार माध्यमहरूलाई जानकारी दिनुभयो ।

बाढी पहिरोले बगाएर केही स्थानीयबासिन्दा अझै पनि बेपत्ता भएका छन् भने मृत्यु हुनेहरूको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।
रुवाण्डामा यो बर्षको सुरुवातदेखि नै अत्यधिक बर्षा र बाढी पहिरोका कारण धेरै जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
यस बर्ष अहिले सम्ममा १८३ जनाको मृत्यु भएको छ भने अरु २१५ जना घाइते भएको प्रकोप व्यवस्थापन मन्त्रालयले जनाएको छ । रासस/सिन्ह्व


प्रतिक्रिया दिनुहोस्