राजस्थानलाई हराउँदै पञ्जाब तेस्रो स्थानमा उक्लियो

इन्दोर / लोकेश राहुलले अविजित ८४ रन बनाएपछि किङ्स ११ पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ । जितपछि पञ्जाब अंक तालिकाको तेस्रो स्थानमा उक्लको छ ।

शीर्ष स्थानको सनराइजर्स हैदरावाद र दोस्रो स्थानको चेन्नई सुपर किङ्सको समान १४ अंक छ । हैदरवाद र पञ्जाबले समान ९ खेल खेल्दा चेन्नईले १ खेल बढी खेलेको छ । राजस्थान ६ अंकसहित पुछारमा छ । १ सय ५३ रनको मध्यम लक्ष्य पछ्याएको पञ्जाबले ८ बल बाँकी रहँदा ३ विकेटको क्षतिमा १ सय ५५ रन जोड्दै जित हासिल गरेको थियो । ओपनर राहुलले अन्तिम सम्म मोर्चा सम्हाल्दै टोलीलाई जित दिलाएका थिए ।

५४ बल खेलेका राहुलले ७ चौका र ३ छक्काको मद्दतमा अविजित ८४ रन बनाएका थिए । उनलाई करुण नायर र मार्कुस स्टोनिसले ब्याटिङमा साथ दिएका थिए । करुणले ३१ र मार्कुसले अविजित २३ रन जोडे । २३ बल खेल्दै २ छक्का र २ चौका तथा मार्कुसले १६ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

राजस्थानका कृष्नाप्पा गोथम, जोफ्रा आर्चेर, बेन स्टोक्स र अनुरित सिंहले समान १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले ओपनर जस बटलरको अर्धशतकसँगै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो । राजस्थानलाई मध्यम स्कोरमा रोक्ने क्रममा पञ्जाबका मुजिब उर रहमानले ३, एन्ड्रियू टेले २ तथा रविचन्द्रन आश्विन, अंकित राजपुत र अक्षर पटेलले १ विकेट लिए ।

जिब उर खेलको म्यान अफ दी म्याच घोषित भए । बटलरले ३९ बलमा ७ चौकाका साथ ५१ रन, सञ्जु सिमसनले २८, बेन स्टोक्सले १२ र राहुल त्रिपाठीले ११ रन जोडेका थिए । एजेन्सी


प्रतिक्रिया दिनुहोस्