घर निर्माणका क्रममा लडेर एकको मृत्यु

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ / घर निर्माणका क्रममा ताप्लेजुङमा लडेर एक जनाको ज्यान गएको छ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचामा घर निर्माणका क्रममा लडेर एक जनाको ज्यान गएको छ । घरमा गाह्रो लगाउने क्रममा लडेर घाईते भएका स्थानीय टुईजन बोखिम लिम्बूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

सोमबार दिउँसो काम गर्दा गर्दै लडेर घाईते भएका ४९ वर्षिय बोखिमको उपचारका लागि ईलाका स्वास्थ्य कार्यालय तेल्लोक लैजाने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ । उनको सव ईलाका स्वास्थ्य कार्यालयमा राखिएको र पोष्टमार्टम गरि आफन्तलाई जिम्मा लगाउने तयारी भएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्