सर्वशान्ति माविका प्रअ शर्माको विदाई

कुरिनटार, २४ बैशाख । चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित सर्वशान्ति माध्यामिक विद्यालय कुरिनटारमा तीन दशक भन्दा बढि समय शिक्षण सेवा दिएका प्रधानाध्यापक एकराज शर्मालाई आज एक कार्यक्रमकाबीच विदाई तथा सम्मान गरिएको छ ।आज गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको प्रमुख आतिथ्य, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ लगायतको आतिथ्यमा एक कार्यक्रमकाबीच विदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो ।

वि.स. २०४३ साल देखि अहिले सम्म निरन्तर शिक्षक पेशामा आवद्ध याकराज शर्मा ले सर्वशान्ति माविमा १० बर्ष देखि प्रअ भएर सेवा गर्नुभएको थियो ।विदाई कार्यक्रममा बोल्दै शर्माले आफु जुनुसुकै घटनामा आखाँ रसाई हाल्ने स्वभावका नरहे पनि आज कयौँपटक आशु रोक्न गाह्रो भइरहेको बताउनुभयो ।प्रमुख अतिथि ,अतिथि, व्यवस्थापन समितिको अध्यक्षको कुर्चीमा रहेका सबै आफ्ना विद्यार्थीलाई देख्न पाउदाँ शर्माले आज सर्वशान्ति माविमा विताएका क्षणहरु सदुपयोग भएको आत्म मुल्याङकन गरेको बताउनुभयो ।

 

कार्यक्रममा उपस्थित प्रमुख अतिथि गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङ विद्यलायका अध्यक्ष चन्द्रमणी सापकोटा,पुर्वअध्यक्षहरु शिव पौडेल वासु सिलवाल, कतीपय शिक्षकहरु शर्माका विद्यार्थीहरु हुन् ।प्रमुख अतिथि तथा गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले याक शर्माले शिक्षा क्षेत्र र विद्यालयका लागि पु¥याएको योगदानको आत्मसाथ गर्दै अब आउने प्रअले पनि कुशल नेतृत्व निर्वाह गर्नेमा विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष गुरुङले शर्मा आफुलाई शिक्षा दिने गुरु र स्थानीय भएका कारण कारण सेवा निवृत हुनुभएपनिे गाउँपालिकाको विकासका लागि हरेक क्षेत्रमा सहयोग र साथ मिल्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

भूपू शिक्षकहरुको तर्फबाट कृष्णपसाद सिलवालले कविता मार्फत विदाई र शर्माले पु¥याएका योगदानको बारेमा चर्चा गर्नुभएको थियो । विद्यालयका अध्यक्ष अध्यक्ष चन्द्रमणी सापकोटा,पूर्व अध्यक्षका तर्फबाट शिवप्रसाद पौडेल शिक्षकहरुको तर्फबाट जोहन खरेल, विद्यार्थीको तर्फबाट सगुन गुरुङले मन्तव्य राखेका थिए । सबैले शर्माको योगदानको खुलेर प्रशंसा गरेका थिए ।

विद्यालय व्यावस्थापन समितिका अध्यक्ष चन्द्रमणी सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको शिक्षक माधवप्रसाद पोखरेलले संचालन गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्