१६ एसएसपी बढुवाका लागि सिफारिस को को परे ?(सूचीसहित)

काठमाडौं, २५ वैशाख । १६ जना एसएसपी बढुवाका लागि सिफारिस भएका छन् ।गृह मन्त्रालयले नेपाल प्रहरीमा जनपथतर्फ प्रहरी नायब महानिरीक्षकमा (डिआईजी) बढुवा गर्न बसेको बढुवा समितिको बैठकले सोमबार गरेको निर्णय अनुसार १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा गर्न सिफारिस गरेको हो।

प्रहरी नियमावली २०७१ संशोधनसहित को नियम २७ को उपनियम १४ अनुसार चैत २८ गतेदेखि रिक्त रहेका २३ डिआईजीमध्ये १६ को मात्र बढुवाका लागि सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ।

बाँकी ७ पद खारेज भएको हो। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यसअघिनै अनावश्यक पद खारेज गर्ने बताएका थिए।

को को परे बढुवामा ?


प्रतिक्रिया दिनुहोस्