नेपाल पुलिस दमक गोल्डकपको फाइनलमा प्रवेश

दमक /  सशस्त्र प्रहरीको एपिएफलाई पराजित गर्दै नेपाल पुलिस क्लबले दमक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । झापाको दमकमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा पुलिसले एपिएफलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दैै फाइनलमा प्रवेश गरेको हो ।

फाइल तस्बिर

जितसँगै पुलिसले बुधबारको खेलको विजेतासँग शुक्रबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । पुलिसका लागि खेलको ३८ औं मिनेटमा निरकुमार राईले गोल गरे । त्यही गोल नै मंगलबारको खेलमा निर्णायक बन्यो । खेलमा एकमात्र गोलकर्ता पुलिसका निरकुमार राई म्यान अफ द म्याच घोषित हुँदै रु ११ हजार प्राप्त गरे ।

गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा बुधबार त्रिभुवन आर्मी क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । रासस


प्रतिक्रिया दिनुहोस्