किसानलाई राहत नदिए क्रान्तिकारी किसानले आन्दोलन गर्ने

चितवन, २५ बैशाख । दुई दिन अगाडी अचानक रुपमा असिना पानीका कारण विभिन्न कृषि उत्पादन भएको क्षति बारेमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को स्थलगत अवलोकन गरेको छ ।विशेष गरेर तरकारी, केरा र मकै खेती धेरै भएको पूर्वी चितवनको कालिका नगरपालिकामा महासंघका जिल्ला अध्यक्ष खेम भट्टसहित एक टोलीले स्थलगत अवलोकन गरेको हो ।

हावाहुरीसहितको असिना पानीका कारण यहाँ किसानहरु फल खाने वृलाको खेतीका कारण करोडौँ क्षति व्यहोर्न बाध्य भएको भन्दै सरकार मार्फत उचित राहत प्रबन्धका लागि दवाव दिन टोलीले स्थलगत अवलोकन गरेको महासंघका जिल्ला सचिव भगीरथ तिमिल्सीनाले जानकारी दिए ।

xfjfx’/L / cl;gfn] s]/f gi6
cfOtaf/ ;fFemsf] xfjfx’/L / cl;gfsf sf/0f IftL k’u]sf] lrtjg kbdk’/sf] s]/f aufg . xfjfx’/L / cl;gfn] o; If]qdf w]/} s]/f gi6 ePsf 5g . tl:a/ M gf/fo0f clwsf/L, lrtjg, /f;;

सो अवसरमा टोलीलाई अन्य अन्नबाली धान, गहुँ, तोरी लगायतका खेती गर्न छाडेर बैंकबाट ऋण लिएर केरा खेती, तरकारी, मकै खेती थालेका किसानहरुलाई प्राकृतिक प्रकोपले विनास ल्याउंँदा बैंकको ब्याज कसरी तिर्ने, बालबच्चा कसरी पढाउने, मजदुरहरुको पारिश्रमिक कसरी तिर्ने र पुनः खेती कसरी सिर्जना गर्ने भन्ने चिन्ता बढेको स्थानिय किसान सरिता चालिसेले जानकारी गराईन् ।

सो अवसरमा बोल्दे किसान महासंघका अध्यक्ष खेम भट्ट सरकारले पिडित किसानहरुलाई तत्तकालै दैविक प्रकोप उद्धार समिति मार्फत राहत प्रदान गर्नुपर्ने बताउदै राहत नदिन किसान आन्दोलनको रुपमा आन्दोलन गर्ने चेतावनी दिए ।

हावाहुरीका कारण पसाउन लागेका, पसाएका र निकाल्ने बेलाका केरामा क्षति पुगेको छ । जिल्लाकै पकेट क्षेत्र मानिएको यो क्षेत्रमा उत्पादन हुने केरा राजधानी काठमाडौँसहित देशका विभिन्न बजारमा विक्री गर्न लगिन्छ ।हावाहुरीकै कारण एउटै किसानको लाखौंको क्षति पुगेको छ । केही किसानले बोटको बिमा गरे पनि अधिकांश किसानहरुले विमा गरेका छैनन् । त्यसलै पनि अधिकांश किसानहरु चिन्तित छन् ।
हावाहुरी र असिनापानीका कारण चितवनमा कषि उत्पादनमा मात्रै ३० करोड बढी क्षति भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यकिन तथ्याकंका लागि अझै केहि समय लाग्ने कार्यालयले जनाएको छ ।

स्थलगत अनुगमनमा अध्यक्ष खेम भट्टसहित जिल्ला सचिव भगीरथ तिमिल्सीना, जिल्ला सदस्य शारदा पौडेल र कालिका नगर अध्यक्ष धर्मेन्द्र आचार्यसहितको टोली सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस्