मुग्लिनमा ट्रकको ठक्करबाट एकको मृत्यु

चितवन /  मुग्लिनमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ ।मंगलबार साँझ ६ः३० बजेको समयमा इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ३ ख २७०७ नम्बरको ट्रकले ब्याक गर्ने क्रममा ठक्कर दिँदा सुर्खेतको भेरीगंगा नगरपालिका–७ का दिलबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको उपचारका लागि काठमाडौँ लगिएकोमा राति नै मृत्यु भएको हो । उनको शवलाई अहिले भरतपुर अस्पतालमा ल्याएर राखिएको छ ।

सो दुर्घटनामा परी सोही ठाउँका ६४ वर्षीय हरिबहादुर घर्ती घाइते भएको र उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस्