अग्निपीडितलाई आर्थिक सहयोग

-प्रयास लिम्बू

ताप्लेजुङ / ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका अग्निपीडितलाई स्थानीय एक कृषक समूहले आर्थिक सहयोग उपलब्ध गराएको छ । फुङ्लिङ नगरपालिका ६ बाँजोगराका अग्निपीडित ललितबहादुर गुरुङसहित चार परिवारलाई सोही वडाको सतलडाँडा बहुउद्देश्यीय कृषक समूहले आर्थिक सहयोग गरेको हो ।

                                  फाइल तस्विर

समूहको सदस्य रहेका अग्निपीडित घरधनी ललितबहादुरलाई छ हजार रुपियाँ र उक्त घरमा बस्ने अन्य परिवारहरु जङ्गबहादुर गुरुङ, मनकुमार गुरुङ र चन्द्रमाया गुरुङलाई जनही तीन हजार रुपियाँ समूहका अध्यक्ष भीमबहादुर गुरुङले वितरण गर्नुभयो । अग्निपीडित परिवारलाई समूहको हितकोषबाट रकम प्रदान गरिएको कोषाध्यक्ष सूर्यप्रसाद पोखरेलले जानकारी दिनुभयो । गत चैत २२ गते अचानक लागेको आगोले गुरुङको घर पूर्णरुपमा जलेर नष्ट भएको थियो ।

यसैबीच सिंहबाहिनी इन्जिनियरिङ वक्र्स एण्ड इनर्जी प्रालिले पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिलाई नगद २० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । उक्त रकम प्रालिका उत्पादक प्रमुख गोपाल खड्काले समितिका अध्यक्ष तारानाथ घिमिरेलाई हस्तान्तरण गर्नुभएको छ । पाथीभराको विकासमा सहयोग पुगोस् भन्ने उद्देश्य राखी रकम उपलब्ध गराएको प्रालिले जनाएको छ । र्नसकिएको जिल्ला अस्पतालका डाक्टर सोनिङ लामाले जानकारी दिनुभयो । डाक्टर लामाका अनुसार चिरफारको कार्य गर्दै आएका कार्यालय सहयोगी मल्लिक आफ्नो कार्यक्षेत्र रहेको सिरिजङ्घा गाउँपालिकाको तेल्लोक जानुभएकाले पोष्टमार्टमको कार्य रोकिएको हो ।


प्रतिक्रिया दिनुहोस्