कलाकार श्रेष्ठको निधन

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ / कुनै समय पूर्वी नेपालमै चर्चित बनेको देउराली डाँडा नकाटेसम्म मै रुमाल हल्लाउँला….. बोलको गीतका सर्जक हिमाल श्रेष्ठको निधन भएको छ । शब्द, रचना, सङ्गीत र उहाँकै स्वर रहेको उक्त गीतका सर्जक श्रेष्ठको ५५ वर्षको उमेरमा सोमबार राती निधन भएको हो ।

 

कलेजो र फोक्सोमा देखिएको समस्याका कारण बिरामी पर्नुभएका कलाकार श्रेष्ठको काठमाडौंको बीर अस्पतालमा उपचारका क्रममा निधन भएको दाजु माधव श्रेष्ठले जानकारी दिनुभयो । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं. ४ स्थायी निवासी श्रेष्ठ सदरमुकाम फुङ्लिङस्थित भानुजन माविका स्थायी शिक्षक समेत रहनुभएको थियो ।

सङ्गीत र खेलकुद क्षेत्रलाई औधी माया गर्नुहुने श्रेष्ठलाई पूर्वेली भाकामा नयाँपन दिनसक्ने सङगीत साधकको रुपमा चिनिदैँ आएको उहाँका सहकर्मी शिक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो । कलाकार श्रेष्ठले आधा दर्जन बढी गीतहरु गाउनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्