त्रिबि बीबीए कप मूलपानीमा

काठमाण्डौँ / नेपाल क्रिकेट संघ (क्यान) को सहयोगमा राष्ट्रब्यापी त्रिबि बीबीए टी २० क्रिकेट प्रतियोगीता यही बैशाख ३० गते देखि मूलपानीस्थित क्रिकेट मैदानमा आयोजना हुनेछ ।

आयोजकका अनुसार प्रतियोगितामा त्रिबिअन्र्तगत बीबीए (व्यवसाय व्यवस्थापनमा स्नातक) पढाए हुने १८ कलेजका क्रिकेट टोलीहरुले सहभागिता जनाउनेछन् । यस प्रतियोगीता काठमाण्डौं उपत्यका भित्रका १५ वटा कलेज र उपत्यका बाहिरबाट तिनवट कलेज सहभागी हुदैँ छन् । जेठ ८ गतेसम्म चल्ने प्रतियोगिताका बिजेता टोलीले ५० हजार र उपबिजेताले २५ हजार नगद हासिल गर्नेछन् । (नेस)


प्रतिक्रिया दिनुहोस्