मुहान सुकेपछि पानीको हाहाकार

चितवन/ पानीको मुहान सुकेपछि चितवनको दाहाखानी र कविलासमा खाने पानीको अभाव सिर्जना भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा न.७ दाहाखानी र भरतपुर महानगरपालीका वडा न २९ कविलासका चार सय भन्दा बढि घरधुरीका परिवारलाई खानेपानीको अभाव भएको हो ।
चितवनको साविकको गाविसहरु काउले,चण्डीभञ्यङ, शक्तिखोर र दाहाखानी गाविसको सिमानामा रहेको गोगन पानी घट्टेखोला मुहानमा पानीकोे मात्रा घटेको र खाने पानीको पाईपलाईन धेरै लामो दुरिमा भएकोले पानीको धारामा सुख्खा लागेको स्थानीयले बताएका छन् ।
अहिले पानीको धारामा सुख्खा लागेपछि स्थािनयहरू घण्टौँ हिँडेर पानी लिन जानु पर्ने बाध्ययता रहेको स्थानीय शिक्षक बुद्धिमान गुरुङले बताउनुभयो । शिक्षक गुरुङले भन्नुभयो, “अहिले घण्टौँ हिडेँर खोला खोल्साको पानी लिन जानुपर्छ, जहाँ पानी पनि प्रशस्त छैन घण्टौँ लाईन बस्नुपर्छ ।”
पानीको मुहान सुक्दा स्थानियहरूहरुले दैनिक खाना पकाउन, सरसफाई गर्न गाईभँैसीलाई खुवान समेत नपाईएको हो । अहिले उनिहरूले खोलाको , खोल्साको पानी उपभोग गर्दा समुदायमा सरूवा रोग लाग्न सक्ने त्रास भएको स्थानीय शिक्षक बुद्धिमान गुरुङ बताउनु हुन्छ ।

मुहानमा पानी कम भए र दुरी लामो भएकोले ठाउँठाउँमा बिग्रे,भत्केको समेत पत्ता लगाउन जटिल भएको खानेपानी आयोजनाका अध्यक्ष जगत लामाले बताउनु भयो ।
पानीको मुहान सम्म पुग्ननै एक दिन लाग्ने लामाले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्