“हतारमा एकता गरेर पश्चाताप गर्नुभन्दा घनिभूत छलफल गरेर एकता हुनेछ ।” : अध्यक्ष प्रचण्ड

बर्दिवास, २७ वैशाख / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले र नेकपा (माओवादी केन्द्रबीच चाँडै पार्टी एकता हुने बताउनुभएको छ । वामपन्थी नेता स्व निर्मल लामाको १८ औँ स्मृति दिवसका अवसरमा निर्मल लामा स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘निर्मल लामा र नेपाली वामआन्दोलन’ विषयक प्रवचन कार्यक्रममा उहाँले भन्नुभयो, “हतारमा एकता गरेर भोलि पश्चाताप गर्नुभन्दा घनिभूत छलफल गरेर दुबै पार्टीबीच चाँडै एकता हुनेछ ।”

 

 

 

अध्यक्ष प्रचण्डले “एकतामा संसय नपाल्नुहोस्, हामी दरिलो र दिगो एकीकरणका लागि राम्ररी मन माझेर एकता प्रक्रिया अघि बढाइ रहेका छौं” भन्दै एकीकरणका लागि अब कुनै खास विषयमा अड्चन नरहेको बताउनुभयो । नेकपा एमालेका नेता माधवकुमार नेपालले यो वा त्यो तपसिलका कुरा निकालेर एकीकरणमा हुने ढिलाई कार्यकर्तालाई सैह्य नहुने उल्लेख गर्दै बखेडा कहाँ छ ? केपी ओलीमा कि प्रचण्डमा ? स्पष्ट भन्नुहोस् बताउनुभयो ।
नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महोत्तरीको बर्दिवासमा बिहीबार आयोजित निर्मला लामाको १८औँ स्मृति कार्यक्रममा बोल्नु हुँदै । तस्वीर धनवीर महतो, महोत्तरी, रासस

“केपी ओलीमा भए खोलेर भन्नुहोस्, हामी ठीक पार्छौं, होइन भने तपाइँमा मनको संसय भए त्यो धेरै केलाएर एकतामा ढिलाइ नगर्नुहोस्,” उहाँले भन्नुभयो । नेता नेपालले अहिलेको सरकार चुनौतीका बीच केही गर्नैपर्ने संकल्पका साथ अघि बढेको बताउँदै अब पनि समृद्धि र विकासको रथ अघि नबढे कम्युनिष्ट पनि जनताको नजरबाट गिर्ने हुँदा सरकार, प्रदेश सरकार, स्थानीय सरकार र पार्टी कार्यकर्ता सोहि अनुरुप अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्