पत्थरी हुनवाट कसरी जोगीने ? जानी राख्नुस् !

काठमाडौं / आधुनिक जीवनशैलीले मानिसमा अस्वस्थता बढ्दै गएको छ । पछिल्लो समय पत्थरीको समस्या कलिलो उमेरदेखि परिपक्क उमेरसम्मकोमा देखिन थालेको छ ।

बदलिँदो खानपान, पानीको कम सेवन तथा व्यायामको अभाव जस्ता कारणहरुले गर्दा मृगौलाको पत्थरी पछिल्लो समयमा आम समस्या बन्दै गएको छ । उमेर छिप्पिएका धेरै मानिसहरु यो समस्याबाट ग्रसित छन् हाम्रो देशमा । व्यस्त जिवनशैली, व्यायमको अभाव,वदलीरहने खानपीन अनि पानीको कम सेवनवाट पत्थरी निम्तन सक्छ । विशेष गरि यो रोग उमेर ढल्किदै गरेको मनिषमा बढि देखा पर्ने गरेको छ ।

मोटा व्यक्तिहरुमा पित्तथैलीको समस्या बढी हुन्छ। त्यस्तै, पानी नपिउने र सुख्खा खाना खाने व्यक्तिहरुमा पत्थरीको सम्भावना बढी रहन्छ । अरु रोग जस्तै मधुमेह, ग्यास्ट्रिक, अल्सर भएका व्यक्तिहरुमा पनि पत्थरीको सम्भावना बढी हुन्छ। पत्थरी हुने एक मूख्य कारण खानपिन भएको हुँदा, अत्यधिक पानी पिउने, फाइबरयुक्त खानेकुरा खाने गर्नुपर्छ । आजकलका बच्चाहरुमा चकलेट, बिस्कुट, चाउचाउको अत्यधिक सेवनले पनि पत्थरी हुने गरेको छ ।

पत्थरी हुँदा, केही घण्टा लगातार पेट दुख्छ र रोकिन्छ। तर, त्यसपछि फेरी पेट दुख्न थाल्छ । पत्थरी रोग लागेको सुरुमै थाहा हुन सक्यो भने उपचार विधि सरल हुन्छ। तर, सुरुमा थाहा नपाएर यो बढ्दै गयो भने शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

मृगौलाको पत्थरी रोक्ने केहि तरीका हरु यस्ता छन् :

(१) मासुजन्य प्रोटिन कम खानुहोस् जनावरको मासु तथा अण्डामा पाइने उच्च प्रोटिनले मृगौलाको पत्थर बनाउने क्रिस्टलहरुलाई एकैठाउँमा जम्मा हुन र थिग्रिन मद्धत गर्छ । पिसाबको अम्लपना बढ्ने र युरिक एसिडमा भएका तत्वहरुको खण्डीकरण कम हुने तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् । प्रोटिनका लागि मासु तथा अण्डा खानुभन्दा गेडागुडी खानु लाभदायी भएको वैज्ञानिकहरुको मत छ ।

(२) कागती पानी वा सुन्तला मौसमको जुस नियमित रुपमा पिउनुहोस् । यस्ता अमिलो फलफूलको सेवनले पत्थरको निर्माण हुनबाट रोक्दछ । तर अंगुरको अत्यधिक सेवन भने जोखिमपूर्ण हुन्छ र यसले पत्थरीको जोखिम बढाउँछ ।

(३) कफी कम पिउनुहोस् कफी तथा चियाको अत्यधिक सेवनले मृगौलाको पत्थरीको जोखिम बढाउने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

(४) गुलियो पेय पदार्थहरु कम पिउनुहोस् । बढि गुलियो पेय पिउँदा त्यसले मृगौलमा पत्थरीको जोखिम बढाउँछ ।

(५) क्याल्सियम युक्त खाद्यपदार्थ खानुहोस् तर क्याल्सियम चक्की वा औषधि होइन । हाम्रो खानामा पर्याप्त क्याल्सियमभ एन भने रगतमा अक्जालेटको मात्रा बढ्न जान्छ र त्यसले मृगौलामा पत्थरीको जोखिम बढ्छ । त्यसैले क्याल्सियम युक्त खाद्यपदार्थ जस्तै बदाम, ओखर सागपात जस्ता कुरा खानुहोस् । तर क्याल्सियम पाउनका लागि क्याल्सियम चक्की वा अन्य सप्लिमेन्टको प्रयोग गर्नु मृगौलाका लागि हानिकारक हुन्छ ।

(६) प्रसस्त तरल पदार्थ पिउनुहोस् दिनमा कम्तिमा पनि ८ गिलास पानी पिउनुहोस् । पानी प्रसस्त पाइने फलहरु जस्तै खरभुजा, सुन्तला र सागपात प्रसस्त सेवन गर्नुहोस् ।

(७) नून कम खानुहोस् मृगौलाको पत्थरी भएका मानिसहरुलाई सोडियम भएका खाद्यपदार्थ कम खान सल्लाह दिइन्छ । पत्थरी भएकालाई मात्र नभएर पत्थरी हुनबाट जोगिन चाहनेका लागि समेत नुन कम खानु उपयुक्त हुन्छ । नूनको कम सेवनले मुटु तथा रक्तचाप सन्तुलनमा समेत सहयोग गर्छ ।


प्रतिक्रिया दिनुहोस्