अशोक दर्जीको गित दुई दिन नबित्दै ट्रेन्डिङ्ग वानमा

काठमाडौं,२७ वैशाख / पछिल्लो समय निकै चर्चामा रहेका बालगायक अशोक दर्जीको ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको गीत २४ घण्टा नबित्दै ट्रेन्डिङ्ग वानमा आएको छ । उक्त गीतमा गायक दर्जी र टङ्क बुढाथोकीको स्वर तथा अभिनय रहेको छ ।

बुधवार मात्र रिलिज भएको गीतलाई १२ लाख भन्दा बढीले हेरिसकेकोले ट्रेन्डिङ्ग वानमा आएको छ । झापाको दमकमा गरिब परिवारमा जन्मिएका दर्जी युट्युब इन्टरभ्युका कारण चर्चामा आएका थिए । सडकमा गाउँदै हिड्ने दर्जीलाई उर्लाबारीमा रहेको बेथेल एजुकेशन एकेडेमीले होस्टल सहित १० कक्षासम्म निःशुल्क पढ्ने व्यवस्था मिलाएको छ । संगीतकार टंक बुढाथोकी तथा सहयोगी हातहरुले गर्दा अशोक दर्जी आज एकाएक चर्चित गायक बनेका छन् ।


प्रतिक्रिया दिनुहोस्