चेलीबेटी बेचबिखनमा संलग्न तीन जना कारागार चलान

चितवन, २८ बैशाख । चेलीबेटी बेचबिखनमा पक्राउ परेका चितवनका तीन जना व्यक्तिलाई पुर्पक्षका लागि कारागात चलान गरिएको छ ।
भरतपुर २४ जगतपुर घर भएकी २५ वर्षीया युवतीलाई कुबेत लैजाने भन्दै फकाएर भारत लैजाने क्रममा रङ्गेहात पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत चितवनले कारागार चलान गरेको हो । माइती नेपाल क्षेत्रीय कार्यालय चितवनका प्रमुख ईश्वर गिरीका अनुसार जगतपुरकी २५ वर्षीया युवतीलाई वैदेशिक रोजगारको लागि कुवेत लैजाने भन्दै ठोरी नाकाबाट भारत लैजाने क्रममा माइती नेपालले उनको उद्धार गर्दै दलालहरुलाई प्रक्राउ गरि प्रहरीलाई बुझाएको थियो ।
पक्राउ परेका चितवनको भरतपुर २५ घर भएका ३१ वर्षीय महेन्द्र परियार, भरतपुर ५ घर भएका धनबहादुर विक र भरतपुर ११ घर भएका कुमारी विकलाई मानव बेचबिखन तथा ओसारपसार अन्तर्गत मुद्दा चलाइएको थियो । त्यस्तै उक्त घटनामा संलग्न नवलपरासीको कावासोती नगरपालिका घर भएका ४० वर्षीय शिव चौधरी भने फरार रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्