दुई प्रमबीचको भेटवार्ता सम्पन्न

काठमाडौँ, २८ वैशाख  / प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता सम्पन्न भएको छ ।

यहाँस्थित द्वारिकाज होटलमा आज साँझ उहाँहरुबीच भएको एक्लाएक्लै भेटवार्तामा भएको द्विपक्षीय आपसी हितका विविध विषयमा विचारविमर्श भएको बताइएको छ । उक्त भेटवार्तापछि दुवै प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्ता शुरु भएको छ । भारतीय प्रधानमन्त्री मोदी नेपालको दुईदिने राजकीय भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको हो । (रासस) ः


प्रतिक्रिया दिनुहोस्