किरण चेम्जोङ दमक गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी

दमक / बर्षको पहिलो उपाधिका रुपमा नेपाल पुलिस क्लबले दमक गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेत्का छन् । गत वर्ष माल्दिभ्सको टिसी स्पोर्टस् र आइ लिग क्लब मिरोर्वाबाट खेलेका किरण स्वदेशमा रहँदा पुलिसबाट खेलेका थिए । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले हराउँदै पुलिसले बर्षको पहिलो उपाधि जितेको हो ।

फाइल तस्बिर

गोलकिपर किरण चेम्जोङ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् टिभिएसको अपाचे १६0 सीसीको बाइक प्राप्त गरेका छन् । पुलिसका अभिषेक रिजाल फाइनलको म्यान अफ दी म्याच घोषित भए र उनले ११ हजार रुपैयाँ र प्राप्त गरेका छन् । मनाङका सुजन श्रेष्ठ उत्कृष्ट मिडफिल्डर पुलिसका सन्तोष हेमरन उत्कृष्ट रक्षक,र फाइनलका निर्णायक गोलकर्ता रेजिन सुब्बा उत्कृष्ट फरवार्ड घोाषित भए । पुलिसका अनन्त थापा उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट सबैले समानच २५ हजार रुपैयाँ प्राप्त गरे ।

त्रिभुवन आर्मीका नवयुग श्रेष्ठ, मदन भण्डारी स्पोर्टस् एकेडेमीका विदेशी खेलाडी अलावाले र एपिएफका हरी कार्की संयुक्त रुपमा उच्च गोलकर्ता रहे । समान ३ गोल गरेका उनीहरुले जनही २५ हजार रुपैयाँ पाए । प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र दोस्रो हुने टोलीले ६ लाख ११ हजार रुपैयाँ प्राप्त गर्यो ।

दमक नगरपालिकाको आयोजनामा बैशाख १९ गते सुरु भएको प्रतियोगितामा १० टोलीको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस्