भरतपुरको भाटभटेनीमा एकविहानै वम विस्फोट

चितवन, ३० बैशाख । चितवनको भरतपुर ओरालोमा रहेको भाटभटेनीमा एक बिहानी वम विस्फोट भएको छ ।नेकपा विप्लवले आज आयोजना गरेको वन्द सफल बनाउने अभियान अन्र्तगत वम विस्फोट गराएको हुने सक्ने चितवन प्रहरीको भनाई छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतका अनुसार विप्लवले सुतरी वम पड्काउदा भाटभटेनीको केहि अगाडीका सिसा फुटेको र अहिले जिल्ला सुरक्षा कडा बनाउदै सुरक्षामा खलल पु¥याउने टोलीको खोजी कार्य तीव्र पारिएको जनाए ।

विहान ३ः४५ बजेको समयमा होटल रोयल सेन्चुरीको पश्चिम पट्टी भाटभटेनीमा वम विस्फोट भएको उनले बताए ।
कुनै पनि मानविय क्षति नभएको र अन्य के कति क्षति भो भन्ने विषयमा थप विवरण भने आउन बाँकी रहेको छ । साथै विस्फोटका कारण नजिकै रहेको होटल रोयल सेन्चुरीमा समेत केहि क्षति भएको छ ।


प्रतिक्रिया दिनुहोस्