सभामुख भलिबल प्रतियोगिता: विभागीय टोली अब्बल

रोल्पा / सदरमुकाम लिवाङमा शनिबारदेखि शुरु भएको प्रथम राष्ट्रिय सभामुख कप भलिबल प्रतियोगितामा प्रदेश टोलीको तुलनामा विभागीय टोली सशक्त देखिएका छन् ।

                                         फाइल तस्विर ।

आइतबार भएका सबै खेलमा विभागीय टोली विजयी भएका छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल प्रहरीको नेपाल पुलिस क्लब आज सम्पन्न आ–आफ्ना खेलमा विजयी भएका छन् । पुरुष भलिबलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नं ५ लाई ३–० ले पराजित ग¥यो । अर्को खेलमा नेपाल पुलिस क्लबले प्रदेश नं ४ लाई ३–० ले हरायो ।

यसैगरी, महिला भलिबलतर्फ त्रिभुवन आर्मी क्लबले प्रदेश नं ४ लाई ३–१ ले पराजित ग¥यो । अर्को खेलमा प्रदेश नं ३ ले प्रदेश नं ७ लाई ३–० ले हरायो । एफिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेलमा एपिएफ क्लब विजयी भयो । उसले आर्मीलाई ३–० ले पराजित ग¥यो । यस्तै नेपाल पुलिस क्लबले प्रदेश नं ३ लाई ३–० ले पराजित ग¥यो ।


प्रतिक्रिया दिनुहोस्