समानुपातिकबाट सांसद बन्ने एमालेका भाग्यमानी पुरुष नेताहरू

२८ माघ, काठमाडौं । प्रतिनिधिसभाका समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारहरुको नाम टुंगो लगाउन एमाले स्थायी कमिटी बैठक बस्दैछ ।

मध्यान्ह पार्टी कार्यालयमा बस्ने बैठकले संवैधानिक क्लस्टर अनुसारका नाम माइन्युट गरेर अध्यक्षको हस्ताक्षरसहित निर्वाचन आयोगमा पठाउने केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ ४१ सिट प्राप्त गरेको छ । निर्वाचन आयोगमा बुझाएको बन्दसूचीका नाम क्लस्टर अनुसार मिलाउनेबाहेक तलमाथि गर्न मिल्दैन । बैठकले ती नाम अनुमोदन गर्नेमात्र अधिकार रहेको उनले बताए ।

राष्ट्रियसभा निर्वाचनपछि महिलाको क्लस्टरमा केही संख्या थप भएकाले एमालेले ४१ मध्ये ४ जना पुरुष निर्वाचित गर्न पाउने भएको छ । जसमा खसआर्य क्लस्टरबाट स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने पर्ने भएका छन् ।

यस्तै आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्य बिजय सुब्बा पर्ने भएका छन् । मधेशी क्लस्टरबाट पहिलो नम्बरमा नाम रहेका मोती दुगड र पिछडिएको क्षेत्रबाट मुगुका पूर्वसांसद मोहन बानियाँ पर्ने भएका छन् ।

राष्ट्रियसभा निर्वाचनको नतिजापछि संघीय संसदमा महिलाको ३३ प्रतिशत संख्या पुर्‍याउन एमालेले दुई पुरुष थप निर्वाचित गर्न पाउने भएपछि खस आर्य क्लस्टरबाट शर्मिला कार्की र आदिवासी जनजाति क्लस्टरबाट माइली तामाङ सांसद हुन नपाउने भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961