शनिवार पनि कार्यालयमा भेटिएका वडाअध्यक्ष भन्छन्–जनताले स्थानिय सरकारको अनुभूती अझै गर्न पाएको छैन

हिरालाल गुरुङ

इच्छाकामना वर्लेङ, ३१ बैशाख । २०७५ बैशाख २९ गते साँझ ५ बजे शनिवार तर समय र विदाले छोएको छैन चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिका २ का वडा अध्यक्ष पञ्च बहादुर चेपाङलाई । पञ्च बहादुर दुई जना सेवाग्राहीहरुको सिफारिस तयार पार्दै थिए वडा न २ को कार्यालय वर्लेङमा । बस्ती स्थानान्तरणमा परेका भूकम्पपीडित ईच्छाकामना गाँउपालिका २ हेप्चेकका भूवन प्रजा र सुर्य चेपाङ्गलाई सिफारिस लिन आएका रहेछन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयले हेप्चेकका ८ जना भूकम्पपीडितलाई ईच्छाकामना गाउँपालिका २ कै दुम्किममा जग्गा उपलब्ध गराई बस्ती स्थानान्तरण गर्ने तयारी गरेको छ ।
सो दिन मात्र होईन अन्य शनिवार र विदाको दिन पनि उनि कार्यालयबाट सेवा दिइरहेका हुन्छन् ।

शनिवार विदाको दिन कार्यालयको काम गर्नु पर्ने कारण किन भनि प्रश्न गर्दा उनको जवाफ थियो, भौगोलिक विकटताका कारण जनताले धेरै दुख नपाओस् भनेर शनिवार पनि सेवा दिएको हुँ ।उनले थपे यहाँ ४ घण्टा सम्म हिँडेर सिफारिस लिन जनताहरु आउँछन् ,भोली आईतबार समयमै उनिहरु भरतपुर पुग्नुपर्छ आज मैले सिफरिस नदिए भोली उनिहरुको काम बन्दैन जनतालाई थौरै भए पनि राहत महशुस होस् भनि सेवा दिएको हुँ, कहिलेकाहीँ गाउँपालिकाको बैठक लगायत अन्य कामका कारण कार्यालयमा म नहुन सक्छ ।” भौगोलिक विकटताका कारण जनताले स्थानिय सरकारको अनुभुती गर्न नपाएको उनको भनाई छ ।
अझै वडा न २ मा विजुली बत्ती पुगेको छैन । बत्तीका लागि पहल भईरहे पनि काममा ढिलाई भईरहेको उनको भनाई छ ।

तत्काल सोलारबाट भए पनि फोटो कपी मेसिन वडा कार्यालयमा राख्न सकिए जनताको काम गर्न सहज हुने उनले बताए । यहाँका बासिन्दाहरु फोटो कपी गर्नकै लागि एक दिनको बाटो हिडेँर मग्लिन कुरिनटार नै जानु पर्ने बाध्याता रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्