नेयमार फ्रेन्च वर्षको उत्कृष्ट खेलाडी

पेरिस / पिएसजी मा पुगेको ब्राजिलियन स्टार नेयमार पहिजो सिजनमा नै बर्षको उत्कृष्ट खेलाडी बन्न सफल भएका छ। नेयमार चोटका कारण ३७ मध्ये २० खेलमात्र खेलेका ब्राजिलियन स्टार नेयमार आइतबार साँझ पेरिसमा भएको एक समारोहमा उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

                                                                  फाइल तस्बिर

यहि सिजनको सुरुवातमा विश्व कीर्तिमानी रकममा फ्रान्सको राजधानीमा रहेको पिएसजीसँग आबद्ध नेयमारले २० खेलमा १९ गोल गर्दै १३ असिस्ट गरेका थिए । पिएसजीले यो सिजन लिग वानसहित तीनवटा घरेलु उपाधि जितेको छ । फेब्रुअरीमा खुट्टामा चोट लागेयता नेयमार मैदान बाहिर छन् ।


प्रतिक्रिया दिनुहोस्