मेस्सी युरोपियन गोल्डेन बुट र पिचिची उपाधि नजिक

बार्सिलोना / बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीले युरोपियन गोल्डेन बुट लगभग सुनिश्चित गरेका छन् । ला लिगामा ३४ गोल गरेका मेस्सी बांकी १ खेल मात्र खेल्न छ ।

फाइल तस्बिर

ला लिगाको सर्वाधिक गोलकर्ताले जित्ने पिचिची उपाधि पनि मेस्सीले नै जित्ने पक्का रहेको छ । मेस्सीको प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोको २५ गोल र लुइस स्वारेजको २४ गोल रहेकाले मेस्सीले आउने साता दुई व्यक्तिगत उपाधि सुनिश्चित गर्ने छन् ।
यस सिजन मेस्सीले सबै प्रतियोगितामा ५३ खेल खेल्दै ४५ गोल र १८ असिस्ट गरेका छन् । बार्सिलोनाले ला लिगाको अन्तिम खेलमा आउने साता रियल सोसियडाडसँग भिड्ने छ

इंग्लिस प्रिमियर लिगको अन्त्यसँगै दोस्रो स्थानमा रहेका लिभरपुलका मोहम्मद सालाहले आफ्नो सिजन ३२ गोलमा अन्त्य गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका ह्यारी केन ३० गोल र चौथो स्थानमा रहेका रोबर्ट लेवान्डोस्की २९ गोल को पनि आ(आफ्नो सिजन अन्त्य भएको छ ।
२९ गोल नै गरेका सिरो इमोबिलको एक खेल बाकीं रहे पनि उनी अन्तिम खेलमा घाइते रहेका छन् । अब २८ गोलमा रहेका मौरो इकार्डीले इन्टर मिलानको अन्तिम खेलमा जादुयी प्रदर्शन गर्दै ७ गोल गरे र मेस्सीले गोल गर्न नसके मात्र मेस्सी यस सिजन गोल्डेन बुटबाट वञ्चित हुने छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्