क्रान्तिकारीले बिद्यार्थी आन्दोलन हिजो,आज र भोलि बिषयक गोष्ठीको आयोजना गर्दै

काठमाडौं १ जेठ/ अखिल क्रान्तिकारी केन्द्रिय समितिले बिद्यार्थी आन्दोलन हिजो,आज र भोलि बिषयक विचार गोष्ठी आयोजना गरेको छ । विद्यार्थी एकता तथा स्थापना दिवसको अवसर पारेर क्रान्तिकारीले गोष्ठी आयोजना गरेको हो ।

अखिल क्रान्तिकारीका केन्द्रीय उपमहासचिव जीपी मैनालीले ५४औँ विद्यार्थी एकता तथा स्थापना दिवसको अवसर पारेर ‘विद्यार्थी आन्दोलन हिजो, आज र भोलि’ विषयक विचार गोष्ठी आयोजना गरिएको जानकारी दिएका छन।

राजधानीको बबरमहलस्थित जिल्ला समन्वय समितिको सभाहलमा बिहान ११ बजे हुने गोष्ठीमा एमाले सचिव योगेश भट्टराई, माओवादी नेताद्धय हितमान शाक्य, लेखनाथ न्यौपाने,कांग्रेस नेता गुरुराज घिमिरे, सांसद् नवीना लामा, विश्वकान्त मैनाली, लिलामणि पोखरेल, नैनसिंह महर, रंजित तामाङलगायत वक्ता रहेको क्रान्तिकारीले जनाएको छ ।

विद्यार्थी संगठनहरुले आफ्ना ऐतिहासिक माग पूरा भएको खुशियालीमा जेठ १ लाई एकता दिवसको रुपमा मनाउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्