मर्मस्पर्शी प्रेम कहानीमा रिजन थेबेको दमदार अभिनय

काठमाण्डौं / ताप्लेजुङ जिल्ला आम्बेगुदिन गा. बि. स. मा जन्म भई आफू सानै उमेर देखि गित, संगीत र नृत्य क्षेत्रमा रुचि राख्दै आएका रिजन थेबे हालसालै रिलिज भएको मर्मस्पर्शी आधुनिक गित ‘यहाँ घाउहरु’ मा राम्रो अभिनयका साथ देखिएका छन्।

आज भन्दा १ बर्ष अगाडि  मात्रमोड्लिङ करियर शुरु गरेका थेबे आफ्ना सम्पुर्ण साथीहरूको सर-सल्लाह र मायाले यहाँ सम्म आइपुगेको बताउछन् । उनले आगामी दिनमा पनि मोडलिङ क्षेत्रलाई नै निरन्तरता दिने बताउँछन् । युवा निर्देशक जसु याक्खाद्वारा निर्देसित यहाँ घाउहरु बोलको गित लोकप्रिय गायक बिनोद राईले गाएका छन् । निस्चल प्रेम राईको शब्द, संगित रहेको यो गितलाई शिला बहादुर मोक्तानले एरेन्ज गरेका छन् ।

यो मर्मस्पर्शी गितको भिडियो लभ स्टोरी शैलीमा निकै उत्कृष्ट बनेको छ। मुकेश हुमागाईको टिमले सुन्दर छयान्कन गरेको भिडियोमा रिजन थेबे लाई चर्चामा रहेकी मोडेल आयुशा लिम्बुखिम लगायत मौशमी, शशी, सुनाम र निमिशाले साथ दिएका छन् । यस भिडियोमा अमृत चपागाईको सम्पादन रहेको छ भने कविता तोलाङीको श्रृगार रहेको छ। यस भिडियोलाई बुढासुब्बा म्युजिक कम्पनीले आफ्नै युटयुब च्यानल मार्फत सार्बजानिक गरेको छ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

 

https://youtu.be/QJQY6QBzg-k


प्रतिक्रिया दिनुहोस्