मदर टेरेसाको सपना पछ्याउँदै टेरिसा तामाङ

टेरिसा तामाङ्ग नेपालमा बी.एस.सी. माइक्रोवायोलोजी तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन्। उनले ब्रिटिश गोरखा एकेडेमीबाट स्कूल एस.एल.सी. र हाई स्कूल उतिर्ण गरेकी छिन् । उनी १७ बर्षकी हुँदा आफ्नो अनुसन्धान करियर सुरु गरेकी हुन्।

एकदिन, एक किशोर युवाले अस्पताल भवनबाट आत्महत्या गरेको कुरा जब उनले  राष्ट्रिय टेलिभिजनबाट समाचार हेरेकी थिइन जो युवा किड्नी क्यान्सरबाट पीडित थिए । यो समाचारले उनलाई गहिरो तरिकाले सोचमग्न बनाएपछि उनको मनमनै क्यान्सर सम्वन्धि काम गर्ने इच्छा जागेको बताउछिन। उनी भन्छिन, सायद उनले सोचेका थिएन होलान भविष्यमा क्यान्सरबाट पुनः उन्मुक्ति पाउन सकिन्दैन भनेर। वास्तवमा, यो क्यान्सरको कारणले भन्दा पनि कि मानसिक तथा भावनात्मक कारणले गर्दा हामीले उनको दुःखद स्थितिको सामना गर्नुपर्यो। हामी प्राय क्यान्सर रोगीहरूको शारीरिक अवस्थामा मात्र ध्यान केन्द्रित गर्दछौं तर नेपाल जस्तो उदार राष्ट्रमा क्यान्सर रोगीहरूको लागि मानसिक स्वास्थ्य सेवाको कमी छ। युनाइटेड किङडमको अवसरले मलाई क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्यको बारे थप जान्न र अनुसन्धान गर्न सुवर्ण अवसर प्रदान गरेको छ।

एसियन साईन्स क्याम्प २०१५ थाइल्याण्डमा “ Genetic Amazing Organism” को अनुसन्धान वापत कांस्य पदक ग्रहण गर्दै : टेरिसा  तामाङ

उनी सन् २०१५ मा थाईल्याण्डमा आयोजित एशियन साईन्स क्याम्पमा नेपाल सरकारबाट छनौट भएकी थिइन् , जहाँ उनले नोबल पुरस्कार विजेताहरू सँग भेट्ने अवसर पाइन् र (Genetic  Amazing Organism) बारे अनुसन्धान गरिन्। उक्त अनुसन्धानको प्रतिफल वापत कम उमेर समूहको (Youngest Scientist) कांस्य पदक समेत हात पार्न सफल भइन् । सन्२०१६ मा उनी संयुक्त राष्ट्रसंसंघद्वारा जापानमा आयोजना हुने कार्यक्रममा निमन्त्रित भईन् । साथै सन् २०१७ मा वेलायतमा भएको क्यान्सर रोगीहरुको मानसिक स्वास्थ्यको वारेमा आयोजित एक कार्यक्रममा संसारका विभिन्न भागबाट छ हजार आवेदकहरूमध्येवाट छनौट भई अनुसन्धान तथा सिक्ने मौका पाइन् र आफ्नो प्रस्तुति लण्डन स्थीत संसद भवनमा दिएकी थिइन् ।

मिडिया सिटी वी.वी.सी. म्यानचेस्टरमा र  लण्डन स्थीत संसद भवनमा आफ्नो प्रस्तुति  भवनमा दिदैं

क्याप जिमिनि, विश्वका ४० भन्दा वढी देशमा विस्तारित भएको ठुला कम्पनी आईटी सेवा तथा परामर्श दिदै आएका तथा मिडिया सिटी वी.वी.सी. म्यानचेस्टरमा आफूले गर्ने क्यान्सर ट्रिटमेन्ट परियोजनाको वारेमा विचार तथा राय प्रस्तुत गरेकी थिईन् । अहिले टेरिसाले नेपालमा एउटा क्यान्सर सम्वन्धि फाउन्डेशन खोलेकी छिन् । जसको नाम धैर्य क्यान्सर फाउन्डेशन हो । यो नेपालको फरक अवधारणा हो । उनी उक्त फाउन्डेशनको संस्थापक अध्यक्ष हुन् । धैर्य भन्नाले क्यान्सर रोगीहरुमा हराएको आशा र सहनशिलतालाई बुझिन्छ । ऊनी संयुक्त अधिराज्यवाट वल्ड हेल्थ समिटको राजदूतको लागि छनौट समेत भएकी थिइन्।

टेरिसा तामाङ नोबल पुरस्कार विजेता Ada Yonath संग

 

क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्यको बारेमा यूके र नेपालबीच  बिचको अन्तरको बिषयमा यसो भन्छिन टेरिसा

मलाई थाहा छ कि यूकेको हेरविचार संसारमा सबै भन्दा राम्रो स्थानमा रहेको छ। तिनीहरू आफ्नो स्वास्थ्यको बारेमा सचेत छन्। विकसित राष्ट्रहरुमा क्यान्सरको कारणले चिन्ता तथा डिप्रेशनवाट प्रभावितहरुलाई मानसिक उपचार दिइन्छ । यूकेमा क्यान्सर समर्थन केन्द्रहरुजस्तै म्यागी क्यान्सर केन्द्र , म्याकमिलन क्यान्सर केन्द्रहरु छन् । जसले क्यान्सर रोगीहरुको मानसिक स्वास्थ्यको हेरविचार गर्दछ्न् । तर हामी नेपालमा धेरै स्वास्थ्य समस्याहरू सामना गरिरहेका छौ । लाखौ मानिस संक्रमणको जोखिममा छन् । लाखौं मानिस संक्रमणको जोखिममा छन् जोग्रामीण भेग तथा गरीबिको रेखामुनी रहेका हजारौं क्यान्सरको बिरामीहरु मानसिक चिन्ताबाट मर्ने गरेका छन् । क्यान्सरका विरामीहरु दिनदिनै बढ्दैछन्।

   युकेमा टेरिसा तामाङ मानसिक स्वास्थ्यको बारेमा ब्याख्या गर्दै

 

अध्ययन अनुसार, क्यान्सर रोगी सन् २००३ देखि सन् २०११ सम्म बढ्दै गएका थिए र सन २०११ मा उक्त संख्या दोब्बर भएको थियो । कुल क्यान्सर पीडित जनसंख्यामध्ये ४५ % पुरुष र ५५% महिलाहरु विभिन्न प्रकारका क्यान्सरबाट पीडित छन्। क्यान्सर रोगीको संख्या नेपालमा ठूलो समस्या बन्न सक्छ। नेपालमा क्यान्सर रोगिहरुमा दिनहुँ मानसिक रोग बढ्दै गएको छ । अहिले सम्म, हाम्रो देशमा क्यान्सर रोगीहरुसँग सम्बन्धित मानसिक स्वास्थ्य को कुनै सटीक डेटा छैन यसको मतलब कुनै पनि क्यान्सर रोगी को मानसिक स्वास्थ्य को सम्बन्धमा अनुसन्धान गर्न रुचि नदेखिएको देखिन्छ । तर वरिष्ठ डाक्टरहरूको अनुमान, ५०% देखि ६० % क्यान्सरपीडित मानिसहरू निराशा र चिन्ताको शिकार हुन्छन्।

कम प्रति व्यक्ति आय र उपयुक्त स्वास्थ्य बीमा प्रणाली नहुँदा वहुसंख्यक क्यान्सर पीडितहरु महंगो उपचार गर्न बाध्य छन्। एकै समयमा क्यान्सर रोगीहरू मानसिक अवस्थाबात पीडित हुन्छन किनभने तिनीहरूले जीवनको लागि आशा गुमाउँछन्। नेपालमा धेरै क्यान्सर रोगीहरुले आत्महत्याको वाटो रोज्नुको कारण मानसिक स्वास्थ्य कार्यक्रमको कमी, जागरूकता कार्यक्रम नहुनु, रोगहरूको बारेमा अज्ञानता र उपचारको उच्च लागत आदि हुन् तर यो समाधान होईन् । धेरै क्यान्सर रोगीहरू आत्महत्या छनौट गर्ने गरेका छन तर यो समाधान होइन। क्यान्सर रोगीहरुले आत्महत्या गर्ने प्रवृत्ति हाम्रोमा एक ठूलो समस्या हो। यस अवस्थामा प्रेरणा एकदम आवश्यक छ।
सन् २०१८ को २५ जनवरी मा मैले “क्यान्सर रोगी मानसिक स्वास्थ्य सम्वन्धि युवा जागरूकता कार्यक्रम को आयोजना गरे । अब मैले क्यान्सर रोगीको मानसिक स्वास्थ्यमा अनुसन्धान गर्न को लागी योजना बनाएको छु ।

 ” क्यान्सर रोगी मानसिक स्वास्थ्ययुवा जागरूकता कार्यक्रम” मा नेपाल क्यान्सर अस्पताल, हरिसिद्धिमा डा.  रिसव कोइराला

वास्तवमा मैले के सोचेँ भने क्यान्सर उपचार सम्बन्धि हालको ध्यान निवारक उपायहरूमा हुनु पर्छ तर यो मानसिक स्वास्थ्य र रोगीहरूको अन्य सामान्य भलाइमा प्रभावकारी पनि हुनुपर्छ। धेरै क्यान्सर रोगीहरू उनीहरूको गरीब आर्थिक स्थितिको कारण स्वस्थ्य हुनबाट बञ्चित छन्। त्यसैले मेरो उद्देश्य क्यान्सर रोगीहरूलाई बचाउँन र उनीहरूलाई राम्रो गुणस्तर स्वास्थ्य सेवा दिन चाहन्छु। सामान्य सुभ अवसरले जीवनमा गुणस्तर ल्याउँछ। मलाई आशा छ कि मेरो प्रयासले हाम्रो देशबाट निरन्तर भईरहेको व्रेन ड्रेनलाई पनि रोक्नेछ। क्यान्सर रोगी मानसिक स्वास्थ्य युवा जागरूकता कार्यक्रममा नेपाल क्यान्सर अस्पताल, हरिसिद्धिमा डा. रिसव कोइराला क्यान्सर पीडितहरुको मानसिक स्वास्थ्य तथा क्यान्सर सम्बन्धि जनचेतनाको कार्यक्रम गर्नु धैर्य क्यान्सर फाउन्डेसनको उद्धेश्य हो। यो सेवाले क्यान्सर पीडित र क्यान्सर रोगबाट मुक्त भएकाहरुको अनुभव साट्ने काम गर्छ । यो सेवालाई मनोबैज्ञानिक परामर्शदाताहरुले सुबिधा गर्ने गर्छन् ।

                                                                                                                                                                    -लोकेश लिबाङ लिम्बु


प्रतिक्रिया दिनुहोस्