खुकुरी मार्सल आर्टमा वनेम

ताप्लेजुङ, १ जेठ  / ताप्लेजुङमा नेपाल केम्पो खुकुरी मार्सल आर्ट सङ्घको कार्यसमिति गठन भएको छ ।

सदरमुकाम फुङ्लिङमा मङ्गलबार सम्पन्न भएको जिल्ला भेलाले नवीन वनेमको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरेको हो ।कार्यसमितिको उपाध्यक्षमा बीबीहाङ वनेम, सचिव चन्द्रकुमार तामाङ र कोषाध्यक्षमा अमृत खिम्दिङ रहनुभएको छ । सदस्यहरुमा सूर्य लिबाङ, चन्द्र खिम्दिङ, सङ्गीता केदेम र अम्विका खिम्दिङ रहनुभएको छ । एकजना सदस्य पछि थप गर्ने नवनिर्वाचित अध्यक्ष वनेमले जानकारी दिनुभयो ।

जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका प्रमुख यज्ञनिधि पौडेलको उपस्थितिमा भेला सम्पन्न गरी कार्यसमिति गठन गरेको बताइएको छ । यता सङ्घको पहिलो समिति गठन भएसँगै अब सदस्य विस्तार गरी सङ्घलाई मजबुत बनाउने निर्णय गरेको पनि नव–निर्वाचित कार्यसमितिले जनाएको छ

-प्रयास लिम्बू


प्रतिक्रिया दिनुहोस्