अस्पताल परिसरमै लागुऔषध कारोबार

रासस, फागुन १४, २०७४

भक्तपुर– भक्तपुर अस्पताल परिसरमै लागुऔषध कारोवार हुने गरेको तथ्य बाहिर आएको छ । अस्पतालको चौरमा लागुपदार्थ दुव्र्यसनी र कारोबारीबीच विभिन्न नामका लागुऔषध किनबेच हुँदै गर्दा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर, हेटौँडा उपमहानगरपालिका वडा नं ६ बस्ने ३० वर्षीय आशिष कार्की, सिन्धुपाल्चोक साँगाचोक नगरपालिका वडा नं ९ बस्ने ३० वर्षीय रमेशबहादुर खत्री, सिन्धुपाल्चोककै भोटसिपा– ३ बस्ने ३९ वर्षीय धन भनिने दीपक श्रेष्ठ, खोटाङ फेदी– १ बस्ने २२ वर्षीय दौलत राई, काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका वडा नं ५ बस्ने २४ वर्षीय सुमन तामाङ र भक्तपुर नगरपालिका वडा नं ६ बस्ने २४ वर्षीय विकेश पहरी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

प्रहरीले उनीहरुका साथबाट फेनरगान २१ थान तथा डाइजेल्याब र नुफिन १९–१९ थान बरामद गरेको छ । भक्तपुर नगरपालिका वडा नं १ दूधपाटीस्थित सिद्धपोखरी, आसपासका क्षेत्र र भक्तपुर अस्पतालको चौरलाई लागुपदार्थ कारोवारीले प्रयोग गर्दै आएको सुराकीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । अभियुक्तलााई आजै लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961