सयको संख्यामा हिँडेका सगरमाथाआरोही रोकिए

काठमाडौं / सर्वोच्च शिखर सगरमाथा शिखर चुम्न उकालो लागेका स्वदेश तथा विदेशका एक सयभन्दा बढी आरोही प्रतिकूल मौसमका कारण बीच बाटोमै रोकिएका छन् ।

सोमबार रातिदेखि उकालो लागेका उनीहरु मंगलबार बिहान शिखर पुग्ने तयरीमा थिए । तर, अचानक मौसम खराब भएपछि सबै आरोही विभिन्न शिविरमा रोकिएको आधार शिविरमा रहेका सरकारी सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।, आजको नागरिकले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।


प्रतिक्रिया दिनुहोस्