चिनीयाँ पेट्रोल भण्डारणस्थलका लागि जग्गा खोज्दै सरकार प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार ०६:५९ काठमाडौं / नेपाल र चिनबीच भएको सम्झौता कार्यान्वयन गर्ने उदेश्यसहित चिनीयाँ पेट्रोलियम पदार्थ नेपाल आयात गरी भण्डारणस्थलका लागि जग्गा खोजी तीव्र पारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली चिन जानुअघि नै स्थान पहिचान गर्ने उदेश्यसहित चिनीयाँ पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोट, ललितपुर र तनहुँमा जग्गा खोजी गरिएको हो । जेठ १० गते भित्र नै पेट्रोल भण्डारण गर्ने स्थल पहिचान गरी सोको विवरण चिनीया पक्षलाई दिने सरकारको योजना छ । आजको नागरिकले यो समाचार छापेको छ ।