संसदमा भवनमै दिलेन्द्रप्रसाद बडुको प्रश्नः विमान दुर्घटना हुनबाट बचाउन सकिदैन ?

२ जेठ, काठमाडौं / विमान दुर्घटना हुनुको कारण खोजी गरी तत्काल समस्या समाधान गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।बुधबारको संसदमा विशेष समय लिएर सांसद दिलेन्द्रप्रसाद बडुले विमान पटकपटक हुने गरेकाले विमान दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।पटक(पटक विमान दुर्घटना हुँदा पनि कारण पत्ता लगाएर समस्याको समाधान गर्न नसकिएको भन्दै सांसद दिलेन्द्रप्रसाद बडुले दुर्घटनाको कारण खोजी विमान दुर्घटना रोक्नु पर्ने बताएका छन।

बुधबार बिहान सुर्खेतबाट हुम्लाका लागि उडेको मकालु एयरको विमान दुर्घटनामा परी चालक दलका दुईजना सदस्यको मृत्यु भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै बडुले विमान दुर्घटना रोक्न सरकारलाई संवेदनशील हुन समेत सचेत गराएका छन ।
सांसद बडुले मकालु एयरको विमान दुर्घटनामा परी मृत्यु भएका चालक दलका सदस्यका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्