शान्ति सुरक्षाका लागि कुनै कसर बाकीँ नराख्ने एसपी सुशील राठौरको उद्घोष

चितवन/ चितवनका प्रहरी प्रमुख एसपी दिपक थापा सरुवा भए लगतै सुशील राठौर चितवन आएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखबाट विदा भएपछि प्रहरी उपरिक्षक दिपक थापाको ठांउमा सुशील राठौरलाई चितवनमा भव्य स्वागत गरीएको छ । अपराध नियन्त्रण,अनुसन्धान र जिल्लाको सुरक्षा मजबुत बनाउन सधैँ आफु लागि पर्ने राठौरको भनाई छ ।

प्रहरीले निष्पक्ष रुपमा जनताको काम छिटो छरितो गर्ने प्रविधीमैत्री प्रहरी अनुसन्धान,प्रहरी हाम्रो टोलमा प्रहरी मेरो साथी अभियानको निरन्तरता, ट्राफिक नियम पालनामा बृद्धी,भन्सार चोरी पैठारीमा, चन्दा आतंक, टेलीफोन धम्की जस्ता जघन्य अपराध र गुण्डागर्दी तथा लागुऔषध अपराधमा लागनेलाई कडा भन्दा कडा कारवाही गर्ने स्वागत कार्यक्रममा उनले बताए ।

उनले सबै क्षेत्रका कार्यरत प्रहरीको सक्रियताकै कारण कालोबजारी,भूमाफिया र दलालहरुको समेत अन्त्य हुँदै गइरहेको बताए। प्रहरी संगठन सुदृढ बनाउन विभिन्न योजना र अवधारणका साथ आफु चितवन आएको सबै क्षेत्रका कार्यरत प्रहरीहरुसगै स्वागत कार्यक्रममा आफुले आवश्यक पने ठांउमा कडा रुपमा काम गनुपर्नेु निर्देशन पनि दिए।

साथै उनले केहिदिनमा पत्रकार सम्मेलन गरेर आफ्नो नयाँ कार्ययोजना सार्वजनिक गर्ने पनि बताए ।


प्रतिक्रिया दिनुहोस्