मेलवर्न बालबालिकाका लागि ‘नेपाली बाल चौतारी’

२६ फेब्रुअरी, मेलवर्न । मेलवर्नको उत्तरी क्षेत्रको एप्पिङ्ग र वोल्लेर्टमा रहेका नेपालीहरुले नयाँ पुस्ताका नेपाली बालबालिकाहरुका लागि ‘नेपाली बाल चौतारी’ संचालन गर्ने भएका छन् ।

बालबालिकाहरुलाई नेपाली भाषा संस्कृति र रितिरिवाज सिकाउनको लागि यो बाल चौतारी एउटा बिशेष थलो हुनेछ बताइएको छ ।

यो समुदायमा केही समय यता बस्दै आएका र बसाइसराइँ गरी भर्खरै आएका नेपालीहरुले यो बाल चौतारीलाई नियमित संचालन गर्नको लागि सहयोग पु¥याउने उदेश्यले हरि खड्काको अद्क्ष्यतामा एप्पिङ्ग वोल्लेर्ट नेप्लिज कम्युनिटी को ११ नयाँ कमिटी गठन गरेका छन् ।

जसको सचिबमा बिराट शर्मा, लेखा संयोजकमा कृष्ण सापकोटा, सदस्यहरु राजेन्द्र वस्ती, महेश आचार्य, रोशन उपाध्याय, संजय श्रेष्ठ, रुपा पाण्डेय, आशिष अर्याल , गणेश पाठक, र सुरेश महर्जन रहेका छन् ।

समितिमा हरि पाण्डेय र मुकेश पोख्रेल सल्लाहकार रहेका छन् । यही आउँदो मार्च ४ तारिखका दिन पहिलो कक्षा संचालन हुने कार्यक्रम रहेको छ।

एप्पिङ्ग र वोल्लेर्ट वरिपरी रहेका नेपालीहरुलाई सकेसम्म बढी सहभागिता गराउन कमिटीले बिशेष पहल गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्