मुलुकको परराष्ट्र नीति अपरिपक्व– नेता भट्टराई

दमौली, तनहुँ २ जेठ / पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले देशको परराष्ट्रनीति अपरिपक्व रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकामा आज आयोजित अन्र्तक्रियामा डा. भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा परराष्ट्र नीति अपरिपक्वका कारण धेरै विदेशी चलखेल बढेको बताउनुभयो ।

फाइल तस्बिर

“आन्तरिक मामिलामा सबै मिलेर अडान राख्न नसक्नु ठूलो कमजोरी नै देखियो” डा. भट्टराईले भन्नुभयो । मुलुकलाई विकास र समृद्धिमा अगाडि बढाउन सरकारले ठोस कार्यक्रम अगाडि बढाउनुपर्ने डा. भट्टराईको भनाइ थियो ।

उहाँले महर्षि वेदव्यास र भानुभक्तको जन्मभूमि तनहुँमा पर्यटकीय सम्भावना प्रशस्तै रहेकाले पर्यटन प्रबद्र्धनमा जोड दिनुपर्छ भन्नुभयो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरले यो वर्ष स्थानीय तहले निर्माण गर्ने आवश्यक ऐन नियम कानुन बनाएकाले आगामी वर्षदेखि त्यसलाई कार्यान्वयन गर्दै लैजाने बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्